प्रियंका र दीपिकापछि अर्की हिरोइन हलिवुड जादै 

खरीबोट

मुम्बई ।  बलिउड अभिनेत्रीहरुको हलिवुडमा जाने क्रम जारी छ । 

प्रियंका चोपडा र दीपिका पदुकोनेपछि अर्की अभिनेत्री राधिका आप्टेले पनि हलिवुडको फिल्म साइन गरेकी छन् ।

फिल्ममा दिने ग्लामरस सिङ र अभिनयका कारण सधै चर्चामा आउने राधिकाले हलिवुडको फिल्म ‘वर्ल्ड वार २’ मा अभिनय गर्ने भएकी हुन् ।

फिल्ममा राधिकाले नूर इनायत खानको भुमिका निभाउने भएकी छन् जो पहिलो वायरलेस अपरेटर थिइन् । यस फिल्मको कहानी ब्रिटिश इन्टेलिजेन्स अधिकृत वेरा अटकिन्सको कहानीसँग जोडिएको छ । फिल्ममा वेराको भुमिका केस्टल एलमले निभाउदै छिन् ।

केहि समय अघि मात्र बलिवुडमा अक्षयकुमारसँग फिल्म प्याडम्यानमा देखिएकी राधिकाको अब बजार नामको फिल्म रिलिज हुदै छ । यहि अप्रिल २६ मा रिलिज हुने सो फिल्ममा राधिकाका अलावा चित्रांगदा सिंह, अतुल कुलकर्नी र सौरभ शुल्क प्रमुख भूमिकामा रहेका छन् । 
 

सम्बन्धित समाचार

ड्रग्स तस्करीले फिल्मी क्यारियर बर्बाद गरेकी बलिवुडकी ममता 

मुम्बई । नब्बेको दशकमा बलिवुडमा ममता कुलकर्नी निकै चर्चित नाम थियो । आफ्नो बोल्ड र ग्ल्यामर्स अन्दाजले निर्माता निर्देशक देखि दर्शकको मन जित्न सफल नायिका बनेकी थिइन् ममता ।१९९२ मा फिल्म

स्विडेनमा मोदी चढेपछि बलिवुडमा शाहरुखको लिमोजिन कारको चर्चा 

मुम्बई । बलिवुडका किङ शाहरुख खानको एउटा गाडीको अहिले निकै चर्चा चलेको छ ।  खासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाल स्विडेनको भ्रमणमा छन् । स्विडेनमा मोदीलाई एउटा विशेष कारको व्यवस्था गरियो

प्रियंका र दीपिकापछि अर्की हिरोइन हलिवुड जादै 

मुम्बई ।  बलिउड अभिनेत्रीहरुको हलिवुडमा जाने क्रम जारी छ ।  प्रियंका चोपडा र दीपिका पदुकोनेपछि अर्की अभिनेत्री राधिका आप्टेले पनि हलिवुडको फिल्म साइन गरेकी छन् । फिल्ममा दिने ग्लामरस सिङ र अभिनयका

हरिणको शिकार प्रकरणमा बलिवुड अभिनेता सलमान खान दोषी, जेल सजाय हुने 

मुम्बई । कालो हरिणको शिकार प्रकरणमा बलिवुड अभिनेता सलमान खानलाई जोधपुरको अदालतले दोषी करार दिएको छ । १९ बर्ष पुरानो यो प्रकरणमा सलमानलाई १ बर्षदेखि ६ बर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको