• २०८१ बैशाख १८ मंगलबार

सुनकोशीमा पौडी खेल्दा युवक बेपत्ता

kharibot

चौतारा ।  सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन् । 

नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै