काठमाडौँ । रुस्लान डिपिएलको फाइनलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।
धनगढीका लागि सुनिल धमलाले सर्वाधिक ७८ रन बनाएका थिए भने रोहन मुस्तफाले ६० रनको योगदान दिएका थिए । १२ रन मै पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटका लागि धमला र मुस्तफाले १४२ रनको पार्टनरसिप गरेका थिए ।
धनगढीका लागि सुनिल धमलाले ६२ बल खेल्दै ३ छक्का र ८ चौकाको मद्धतले ७८ रन बनाएका थिए ।त्यस्तै ६० रन बनाउने क्रममा रोहन मुस्तफाले ४२ बल खेल्दै ४ छक्का र ४ चौका बनाएका थिए । त्यस्तै कप्तान सोमपाल कामीले ८ रन बनाएका थिए ।
काठमाडौँका लागि सन्नी पटेल र सुबोथ भाटीले एक एक विकेट लिएका थिए ।
काठमाडौँले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।