नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर २०७५, यस्तो छ डाटामा अफर 

खरीबोट

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराएको छ । टेलिकमका अनुसार उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने र अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने भएको छ । 
        
१. ह्याप्पी विकेन्ड प्याक 

जीएसएम-सीडीएमए प्रिपेड-पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।  

२. अनलिमिटेड जीएसएम-सीडीएमए नाइट डाटा प्याक 

जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम÷सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।  

३. एडीएसएल भोलुम बेस्ड प्याकेज

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । 

४. एडीएसएल अनलिमीटेड प्याकेज

नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।

विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले  *१४१५# डायल गर्नु पर्नेर माथि उल्लेख गरिएका सबै दरहरु करसहितका रहेको नेपाल टेलिकमले जनाएको छ ।
 

सम्बन्धित समाचार

मुगुमा भिस्याट प्रविधिबाट नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर २०७५, यस्तो छ डाटामा अफर 

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराएको छ । टेलिकमका अनुसार उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने र

नेपाल टेलिकमले पनि सुरु गर्‍यो मोबाइलमा सापटीको व्यवस्था, कसरी लिने ? 

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद

नेपाल टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

काठमाडौँ ।  सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ ।  कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो