• २०८१ बैशाख २६ बुधबार

फिफा वरियतामा नेपालको तीन स्थानको सुधार, पहिलो स्थानमा जर्मनी कायमै 

kharibot

काठमाडौं । फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६२औं स्थानमा उक्लिएको छ । 

त्यस्तै सार्क देशमा नेपालभन्दा अगाडी भारत, अफगानिस्तान र माल्दिभ्स रहेको छ । भारतले दुई स्थान सुधार गर्दै ९७औं स्थानमा आएको छ भने अफगानिस्तानले ६ स्थान सुधार गर्दै १४२औ स्थानमा आएको छ । सार्क राष्ट्रमा माल्दिभ्स १४७औ स्थानमा, भुटान १८४औ स्थानमा, बंगलादेश १९७औ स्थानमा रहेको छ । 

एसियाली देशमा सबैभन्दा अगाडी इरान  रहेको छ । इरान ३६औं स्थानमा छ बहने अष्ट्रेलिया ४०औ र जापान ६०औं स्थानमा छ । किर्गिस्तानले ठूलो छलाङ मार्दै एकै पटक ४० स्थान माथि उक्लिएर ७५औं स्थानमा आएको छ ।

फिफा विश्व वरियतामा जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिदै तेस्रो स्थानमा आएको छ । त्यस्तै पोर्चुगल चौथो र अर्जेन्टिना पाँचौं स्थानमा रहेका छन् । दुवै एक एक स्थान तल झरेका छन् ।

त्यस्तै स्विटजरल्याण्ड र फ्रान्सले दुई-दुई स्थान सुधार गर्दै क्रमश छैठौ र सातौ स्थानमा उक्लिएका छन् । स्पेन दुई स्थान तल झर्दै अठौ स्थानमा पुगेको छ भने चिली एक स्थान माथि उक्लिदै नवौ स्थानमा रहेको छ । पोल्याण्ड ४ स्थान तल झर्दै दशौ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै