काठमाडौँ । हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौंको गौशालास्थित पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशपछि लामालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।