• २०८१ बैशाख १७ सोमबार

सुनचाँदी धितोमा न्युनतम कर्जा निर्धारण, प्रति ग्राहक १० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाईने

kharibot

काठमाडौ । सुनचाँदी धितो लिएर प्रति ग्राहक १० लाख रुपैयाँ भन्दा बढी रकम कर्जा दिन नपाईने भएको छ । 

राष्ट्र बैकले बाणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे पर्याप्त मात्रामा सुनचाँदी धितो लिएर प्रति ग्राहक बढीमा १० लाख रुपैयाँसम्म मात्र कर्जा दिने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो, राष्ट्र बैकले जानकारी दिएको छ । राष्ट्र बैकको तथ्यांक अनुसार चालु आर्थिक बर्षको मंसिरसम्म सुनचाँदी धितो लिएर बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुले ३५ अर्ब ९६ करोड ९३ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन । 

सो अवधिमा बाँणिज्य बैकहरुले मात्र ३१ अर्ब ३२ करोड पाँच लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन बिकास बैकहरुल चार अर्ब ३० करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । 
यसैगरी फाईनान्स कम्पनीहरुले पनि सुनचाँदी धितोमा ३४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै