• २०८१ बैशाख १७ सोमबार

वर्षा हुँदा गर्मीबाट राहत

kharibot

फाइल तस्बिर

विराटनगर । मौसमको परिवर्तनसँगै आज बिहान पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणले राहतको अनुभूति गरिरहेका छन् । 

वर्षासँगै हावा चल्नाले शीतलताको अनुभव भइरहेको छ र खासगरी विराटनगरमा सडक तथा ढल निर्माण भइरहेको कारण धुलाम्मे रहेका सडकमा वर्षाका कारण तत्काल धुलो नउड्ने भएकाले पनि राहतको अनुभूति गरिएको हो । 

गर्मीबाट तत्काल राहतको अनुभूति भए पनि गहुँबाली भित्र्याउने बेलामा वर्षा हुँदा गहुँखेती गरेका किसानलाई सामान्य रुपमा नोक्सानीनै भएको छ । यस सम्बन्धमा कृषक रामप्रसाद यादवले काटेर राखिएका गहुँबालीलाई अब घाममा सुकाउनुपर्ने, भिजेको गहुँको स्वाद पनि फरक हुने भएकाले वर्षाले गर्दा किसानलाई नोक्सानीनै भएको बताए । गहुँबालीलाई सामान्य क्षति भए पनि तरकारीबालीका लागि वर्षाबाट फाइदानै भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै