• २०८१ बैशाख १४ शुक्रबार

थर्ड पार्टी एप्लिकेसन हटाउन फेसबुकले ल्यायो बक एप्स 

kharibot

 तस्बिर : The Verge

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको गोप्यतालाई बलियो बनाउन थर्ड पार्टी एप्स एकैचोटि हटाउन मिल्ने बनाएको छ । यसअन्तर्गत प्रयोगकर्ताको माध्यमबाट तेस्रो एपमा प्रकाशित कुराहरु हटाउन अब प्रयोगकर्तालाई सजिलो हुनेछ । 

क्याम्ब्रिज एनालिटिका स्क्यान्डलपछि फेसबुकले प्रयोगकर्ताको गोप्यतासम्बन्धी नीति परिवर्तन गरेको हो । थर्ड पार्टी एपहरु प्रयोग गरेर प्रयोगकर्ताबारे सूचना लिन सजिलो भएको फाइदा अरुले उठाएको र गलत काममा प्रयोग भएको भनी फेसबुकको आलोचना बढेपछि फेसबुकले बक एप्स ल्याएको हो । 

फेसबुकले बक हटाउने अप्सन राखेको टेकक्रन्च टुडेलाई निश्चित गरेको भन्दै चर्चित वेबसाइट द भर्जले समाचार लेखेको छ । यो अप्सन प्रयोगबाट प्रयोगकर्ताले फेसबुकको सेटिंगमा गई हटाउन चाहेको थर्ड पार्टी एपहरु सिधै क्लिक गरी हटाउन सक्नेछन् । यसअघि यस्तो सुविधा भए पनि एकैपटक धेरै एप हटाउन पाइन्नथ्यो तर अहिले एकैपटक चाहेका थर्ड पार्टी एप हटाउन पाइनेछ । 

यो सुविधाले फेसबुक प्रयोगकर्तालाई एपसम्बन्धी व्यवस्थापन गर्न सजिलो हुनेछ । दुई हप्ताअघि मात्रै कम्पनीले एप डेभलपर्सलाई प्रयोगकर्ताको तथ्यहरुसँग पुग्ने सुविधा सीमित पार्ने बताएको थियो । 

यद्यपि फेसबुकले तीन महिनासम्म प्रयोगकर्ताले कुनै एपमा नपुगेको भेटिए आफैँ उक्त एप हटाउने बताएको छ । 

यस्ता एप हटाउन प्रयोगकर्ताले फेसबुकको सेटिंगमा जाने, त्यसपछि तल एप्समा क्लिक गर्ने, आफूले डिलेट गर्न चाहेको एप्सहरु छान्ने र रिमुभ बटन थिचेर हटाउनुपर्नेछ । यसरी हटाउँदा प्रयोगकर्ताले फेसबुकद्वारा थर्ड पार्टी एपमा पोष्ट गरिएका सबै कुराहरु डिलेट हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै