• २०८१ बैशाख १५ शनिबार

विराट गोल्ड कप : पेनाल्टी सुट आउटमा रमपम झापा ११ विजयी 

kharibot

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा सोमबार रमपम झापा ११ ले मोरङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

अत्यन्त प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमबाट ३-३ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टी सुटआउटमा मोरङका साइमान लिम्बुको प्रहार बाहिर जादा झापा विजयी बन्यो ।

यस अघि मोरङका लागि कप्तान दिपक राई, निशाना लिम्बुले गोल गरेका थिए भने मोरङले एक गोल आत्मघाती गोलका रुपमा उपहार स्वरूप पाएको थियो । त्यस्तै रमपम झापाका लागि कर्ण लिम्बु, माइकल लाइजेल र अवुवकर याकुवले गोल गरेका थिए ।

जितसँगै रमपम झापा ११ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने अब विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच को विजेतासँग सेमिफाइनलमा खेल्ने छ । 

प्रतियोगिता अन्तर्गत आजको खेल संकटा क्लब र सशस्त्र प्रहरी बल टिमसँग हुने छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै