• २०८१ बैशाख १५ शनिबार

एनसेलले ल्यायो एसईई परीक्षार्थीलाई ‘पहिलो सिम’ योजना

kharibot

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) मा सहभागीभएका परीक्षार्थीहरुकालागिविषेश अफर ‘पहिलो सिम’ल्याएको छ । 

यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदालिन सक्नेछन् । 

यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् । 

 यो अफर यहि सोमबार (चैत्र १९) देखि लागु हुनेछ ।  एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षाप्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिमलिन सक्नेछन् ।

यो योजनाअन्र्तगतसिम खरीदगर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्कहेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । 

परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विनाकुनै अतिरिक्त शुल्क माइ फाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमाग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कलगर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्क लाग्नेछ । 

ग्राहकले *५५४४# डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ । 

यतिमात्र हैन, एसईई परीक्षार्थीका लागि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याक अन्तर्गत कर सहितमात्र रु २० मा ३०० एमबि डेटाको मजालिन सक्नेछन् । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रति एमबिमा डेटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजे देखिबिहान७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ ।  परीक्षार्थीले *७१०३# डायल गरि यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन् । 

एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई  सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजालिन सक्नेछन् ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै