• २०८१ बैशाख १६ आइतबार

राज्यमन्त्री अर्याललाई स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् । 

प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कामकारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले जानकारी दिए ।

‘प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गर्नुभएको हो । महत्वपूर्ण निर्णयहरूमा प्रधानमन्त्रीको संलग्नता रहनेछ,’ उनले भने । 

सो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्रीसरह मन्त्रिपरिषद्मा सहभागी हुन पाउने र मन्त्रालयमा गरेका निर्णयले मन्त्रिस्तरीय मान्यता पाउनेछन् । स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित उहाँ यही चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै