• २०८१ बैशाख २६ बुधबार

चार वर्ष हुँदा समेत कसैले तोड्न नसकेको त्यो नेपाली विश्व कीर्तिमान (भिडियोसहित)

kharibot

काठमाडौं । एक जना नेपालीले आजकै दिनमा चार वर्षअघि गरेको विश्व कीर्तिमान अझै भंग हुन सकेको छैन ।

गिनिज वल्र्ड रेकर्डका अनुसार सन् २०१४ मा आजकै दिन एक नेपालीले आफ्नो खुट्टाले आफ्नै टाउकोमा सबैभन्दा धेरैपटक हानेका थिए । 

काठमाडौंमा आजकै दिन चार वर्षअघि पुस्कर नेपाल नामका नेपाली युवाले उक्त कीर्तिमान कायम गरे पनि अझै पनि कसैले उनको कीर्तिमान तोड्न नसकेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।

पुस्करले एक मिनेटमा सबैभन्दा धेरै १ सय ३४ पटक आफ्नो खुट्टाले आफ्नो टाउकोमा प्रहार गर्न सफल भएका थिए । 

हेर्नुहोस् भिडियो : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै