• २०८१ बैशाख १४ शुक्रबार

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ६० प्रतिशत

kharibot

तस्बिर : रासस

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना २०७१÷०७२–२०७५÷०७६ अन्तर्गत मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको अवगत गराएका छन् । 

गत आवमा आयोगले ६४ दिन मात्रै बाँकी रहेको चुनौतीपूर्ण अवस्थामा पनि स्थानीय तह निर्वाचन, २०७४ को व्यवस्थापन गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित चार नियमावली र १६ निर्देशिका जारी गर्नाका साथै गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । 

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको जानकारी उनले दिए । 

गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु रु ४७ करोड ८९ लाख ६३ हजारमध्ये रु २८ करोड ६५ लाख तीन हजार फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । सो अवसरमा आयोगका आयुक्त, राष्ट्रपति कार्यालयका सचिव, आयोगका सचिव तथा अन्य पदाधिकारी उपस्थित भएका थिए । 

प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेका कार्य उल्लेख छन् । नेपालको संविधानको धारा २९४ अनुरुप आयोगले आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र आयोग ऐन, २०७३ को दफा ४५ बमोजिम सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै