घुस रकमसहित सशस्त्र प्रहरीका जवान अख्तियारको नियन्त्रणमा

खरीबोट

इनरुवा ।  सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घुस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो । 

भारतीय गाडीलाई नेपाल प्रवेसका लागि छोडेबापत रु २५ हजार रकम मागेकाले सो रकम दिन फेन्सी स्टोर पुगेको र विशेष सुराकीको आधारमा त्यहाँ आइपुगेका प्रहरी टोलीले पक्राउ गरेको अख्तियारका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक किशोरसिंह थापाले जानकारी दिए । 

सोमबार भारतीय गाडीलाई प्रवेश गराई दिएबापत रु २५ हजार माग गरेको र सो रकम मंगलबार दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिइएको थियो । 

सम्बन्धित समाचार

स्थानीय सरकारलाई सदाचारी बन्न आयोगको आग्रह

काठमाडौँ । जनताको नजिकको साथीका रुपमा रहेको स्थानीय सरकारको कार्यशैलीले नै राज्यको उपस्थिति जनाउने भएकाले कुनै पनि प्रकारको अनियमितता र भ्रष्टाचारजन्य गतिविधिमा सहभागी नहुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको

विद्युत प्राधिकरणका दुई कर्मचारी घुसहित पक्राउ

महोत्तरी, गौशाला ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् ।  थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक घुससहित पक्राउ 

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ ।  आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७

घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र