• २०८१ बैशाख २० बिहीबार

सिरहा खुल्ला दिसामुक्त जिल्ला घोषणा : ‘मुख्यमन्त्री सरसफाइ स्वच्छता अभियान’ सञ्चालन गरिने

kharibot

लहान ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई उत्कृष्ट प्रदेश बनाउने घोषणा गरेका छन् । 

सिरहालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्दै उनले मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेको २ नं प्रदेशलाई कृषि क्रान्तिमार्फत समृद्ध प्रदेश बनाइने बताउनुभयो । यस प्रदेशमा विकासका प्रचूर सम्भावना भएको उल्लेख गर्दै कृषि क्रान्ति गरेर पाँच वर्षभित्र समृद्ध प्रदेश बनाउने योजना रहेको बताए । 

प्रदेश २ मा भ्रष्टाचार चरम रुपमा रहेकाले त्यसको नियन्त्रण गरी सुशासन कायम गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए । “प्रदेशमा भ्रष्टाचार हुन दिन्न”–मुख्यमन्त्री राउतले भने, “प्रदेश सरकारको कुनै मन्त्री, अधिकारीले बदमासी गर्छ, आर्थिक चलखेल गर्छ भने प्रदेश सरकारलाई भन्नुस्, तत्काल कारबाही गर्छु, भ्रष्टाचार गर्नेलाई अब छाडिने छैन ।” 

सरसफाइको विकास नहुन्जेलसम्म कुनै पनि विकास सम्भव नहुने जिकिर गर्र्दै मुख्यमन्त्री राउतले अबको बजेटमार्फत प्रदेश सरकारले ‘मुख्यमन्त्री सरसफाइ स्वच्छता अभियान’ चलाउने घोषणा गरे । उनले भने, “२ नं प्रदेश हरेक क्षेत्रमा जस्तै सरसफाइको दृष्टिकोणले धेरै पछाडि छ, अब म आफैँ कुचो बोकेर सरसफाइ अभियानमा जुट्छु, तपाईंहरु पनि सरसफाइमा जुट्ने प्रण गर्नुस् ।” 

सो अवसरमा २ नं प्रदेशका आर्थिक मामिला तथा भौतिक योजनामन्त्री विजय यादवले युवा शक्तिलाई प्रदेशको विकासमा जुट्न आग्रह गरे । 

कार्यक्रममा सिरहालाई खुल्ला दिसामुक्त घोषणा गराउन योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । 

जिल्लाका सतप्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेकाले सिरहा २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला भएको उणले घोषणा गरे । सिरहाको कुल एक लाख १८ हजार ५९८ घरधुरी मध्ये सतप्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै