काठमाडौं । सिरहाको लहान नगरपालिकामा बम विष्फोट भएको छ । बिष्फोटमा परी ६ जना घाइते भएको सिरहा प्रहरीले जानकारी दिएको छ ।
स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाका बारेमा वीस्तृत जानकारी भने आउन सकेको छैन् ।