• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री राहत कोषमा माओवादी केन्द्रको ३५ लाख सहयोग

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने पनि हस्तान्तरण कार्यक्रममा उपनेता रायमाझीले बताए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको अलग्गै दिने भएकाले यसमा नजोडिएको प्रमूख सचेतक रेखा शर्माले जानकारी दिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै