• २०८१ बैशाख २६ बुधबार

आज तीजको दरखाने दिन

kharibot

काठमाडौ ।  आज तीजको दरखाने दिन । तीजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेर दर खाने प्रचलन छ ।

तीजको दिन महिलाहरु दिनैभरि ब्रत बस्ने भएकाले भोक नलागोस् भनेर अघिल्लो दिन राती नै मिठा मिठा परिकार खाने चलन बसेको हो । टाढा टाढा रहेका चेलीहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्छन् ।

दर खाने दिनबाट तीज सुरु भएको मानिन्छ । पहिले तीजको अघिल्लो रात दरखाने गरिएपनि हिजोआज शहरबजारमा पहिलेदेखिनै दर खाने चलन बसेको छ । हिजोआज दर खाने प्रचलनलाई भेटघाट र रमाइलो गर्ने अवसरको रुपमा पनि लिने गरिएको छ ।

हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार भोली महिलाहरु ब्रत बस्ने गर्छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै