• २०८१ बैशाख १५ शनिबार

केन्द्रीय खेलकुद प्रतिष्ठान गौरिटार पुगे मुख्यमन्त्री पौडेल, रंगशाला निर्माण उच्च प्राथमिकतामा

kharibot

हेटौँडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडा १६ मा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् । प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेको गौरिटारमा रहेको प्रतिष्ठानको आज अबलोकन गरेका हुन् ।

२३ विगहा क्षेत्रफलमा रहेको प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माणको अन्तिम चरणमा रहेको छ । फुटबल रंगशाला, क्रिकेट रंगशाला सहित विभिन्न खेलकुद खेल्ने स्थलहरु निर्माण गर्ने सोचको साथ पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौरिटारमा रहेको प्रतिष्ठानको ८ वर्ष पहिले शिलान्यास गरेका थिए ।

नेपाल सरकारपछि निर्माण भएका अन्य सरकारले प्राथमिकता नदिएपछि प्रतिष्ठान निर्माण अन्योलमा परेको बेला प्रदेश सरकारले प्रतिष्ठान निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो ।

प्रतिष्ठानले मकवानपुरलाई खेल पर्यटन मार्फत सहयोग गर्ने र यो प्रतिष्ठानलाई प्रदेशको गौरबको रुपमा निर्माण गर्न आफु तयार रहेको मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

नेपालमा खेल क्षेत्रको विकासको लागि रंगशालाहरु नहुनु प्रमुख समस्याको रुपमा रहेको बेला प्रतिष्ठान निर्माणमा प्रदेश सरकारले महत्वपूर्ण साचो देखाउनु खुसीको कुरा भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाले बताए । 

प्रतिष्ठान निर्माणको लागि करिब ३ अर्व लाग्ने अनुमान गरिएको छ । जँहा फुटबल, भलिवल, क्रिकेट, मार्सलआर्ट, दौड, पौडी, ब्यडमिण्टन, टेनिस लगाएतको दुई दर्जनभन्दा धेरै खेलहरुको लागि पुर्वाधार निर्माण गर्न सकिने जनाईएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै