• २०८१ बैशाख १६ आइतबार

साझा यातायातले गर्यो थप २० बस खरिद गर्ने सम्झौता

kharibot

काठमाडौँ । साझा यातायातले आइएमइ ग्रुपअन्तर्गतको आइएमइ मोटर्ससँग अशोक लेलैण्डका थप २० थान सिटी बस खरिद सम्झौता गरेको छ ।

भारतको चेन्नई स्थित अशोक लेलैण्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाइ गर्ने भएको छ । अशोक लेलैण्ड भारतको नं. १ बस बनाउने कम्पनीमध्ये एक हो । भारतका साथसाथै अशोक लेलैण्डको बाहुल्यताश्रीलंका र बंगलादेशमा पनि राम्रो उपस्थितिका साथ रहेको छ ।

अशोक लेलैण्डका बसहरु बातावरण मैत्रीतथाअपाङ्ग मैत्री रहनेछन् ।

यस सम्झौतामा साझा यातायातकातर्फबाट निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डे र आइएमइ मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीका बीच सम्झौता पत्रआदान–प्रदान भएको छ  । सो अवसरमा अशोक लेलैण्ड, इन्डियाका प्रतिनिधि कन्ट्री मेनेजर टोनी गुइनपनि उपस्थित थिए ।

यो अवसरमा आइएमइ मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने- “अशोक लेलैण्डका सिटी बसहरु नेपाली बाटोमा कोशेढुङ्गा साबित हुनेछन् । साझा यातायातद्वारा आयात गरिने बसहरु काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन गरिनेछन् जसका कारण निजि सवारी साधनको प्रयोग घट्ने र ट्राफिक समस्या जन मानसले कम मात्र भोग्नुपर्ने छ” ।

सय जनाभन्दा बढी मान्छे बोकेर हिडने साझा यातायातअन्तर्गतको अशोक लेलैण्डका सिटी बसहरु काठमाण्डौँ भित्रिए पश्चात् अफिस टाइममा हुने जामको समस्या पनि कम हुने उनेल बताए ।

अशोक लेलैण्डको नेपालका लागि अधिकारिक विक्रेता आइएमइ मोटर्सले उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्ने प्रतिबद्वता जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै