• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा फेरि घट्ने क्रम सुरु, आज ८.४४ अंकले गिरावट 

kharibot

काठमाडौं । नेप्सेमा पुन: घट्ने क्रम सुरु भएको छ ।

अघिल्लो साता केही दिन बढेको नेप्से यो साताको दोस्रो कारोवार दिन आज सोमबार पनि घटेको छ । आज कारोवार सुरु भएको पहिलो एक घण्टा सामान्यरुपमा नेप्से बढेको देखिएपनि अन्तिम समयमा आएर नेप्से आठ दसमलव ४४ अंकले घटेर १२ सय ७० दसमलव ५२ बिन्दुमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि एक दसमलव ७९ अंकले घटेर दुई सय ७० दसमलव ६८ बिन्दुमा झरेको छ । 

आज कुल एक सय ५२ कम्पनीहरुको तीन हजार पाँच सय ४२ वटा कारोवारका सात लाख ७१ हजार नौ सय ९४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २६ करोड ६२ लाख ७३ हजार एक सय २० रुपैयाँ पुगेको छ । 

आज १० वटा समुहको कारोवार भएकोमा सात वटा समुहको कारोवार सुचक घटेकाछन भने तीन वटा समुहको  सुचक सामान्य अंकले बढेकाछन । 

बाँणिज्य बैक समुहको सुचक आठ दसमलव ८५ अंकले घटेर ११ सय २७ दसमलव ७५ बिन्दुमा झर्दा १० करोड ६८ लाख २९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक आठ दसमलव ७९ अंकले घटेर १४ सय ८६ दसमलव ३४ बिन्दुमा झर्दा एक करोड ७७ लाख ६१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी जलबिद्युत समुहको सुचक २२ दसमलव १८ अंकले घटेर १५ सय ११ दसमलव ३८ बिन्दुमा झर्दा एक करोड ९१ लाख ४७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समुहको सुचक पनि ५० दसमलव ३२ अंकले घटेर छ हजार एक सय ४४ दसमलव चार बिन्दुमा झर्दा पाँच करोड ५४ लाख ७० हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स र लघुबित्त समुहको सुचक पनि आज घटेकाछन । ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचक भने आज क्रमश एक दसमलव ३६, एक दसमलव आठ र तीन दसमलव ५१ अंकले बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा परेको स्वदेशी लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य पाँच रुपैयाँ ८६ पैसाले बढेर चार सय ८८ रुपैयाँमा सेयर खरिद बिक्री भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको अपी पावर कम्पनीको सेयर मुल्य नौ रुपैयाँ ८० पैसाले घटेर दुई सय ७६ रुपैयाँमा सेयर किनबेच भएको छ ।

आज रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १७ सय १५ रुपैयाँमा तीन करोड सात लाख ४३ हजार आठ सय एक रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी नागरिक लगानी कोषको प्रतिकित्ता  दुई हजार नौ सय ९८ रुपैयाँ रुपैयाँमा दुई करोड ९८ लाख ७८ हजार तीन सय ६० रुपैयाँको सेयर कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै