• २०८१ बैशाख १५ शनिबार

कांग्रेस निकट शिक्षक संघमा पौडेल र सिटौलापक्ष एक ठाउमा आएपछि देउवापक्ष पराजित 

kharibot

काठमाडौँ । नेपाली कांग्रेस निकट शिक्षक संघको चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका राजेन्द्र राज पौडेलको प्यानलले एउटा बाहेक सबै सिट जितेको छ ।

शनिबार सम्पन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवा निकट समुहले सहमहामन्त्रीमा मात्र चित्त बुझाएको छ । देउवा निकटबाट सहमहामन्त्रीमा महिला कोटाकी उम्मेदवार धनकला भण्डारीले जितेकी छन्।

अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा यम भुसाल, महासचिवमा सोमनाथ गिरि लगायत सबै पद पौडेलसमूहले जितेको छ।

यस निर्वाचनमा कृष्ण सिटौला समुहले पौडेलपक्षलाई सहयोग गरेपछि देउवा गुटको हार भएको बताइएको छ ।

पछिल्लो महाधिवेशन पछि कांग्रेसका पाँच भातृसंगठनको चुनाव भएको छ । यसअघि भएका दुईवटा भातृसंगठनको चुनावमा सिटौला समुहले देउवा पक्षलाई सहयोग गरेपनि शिक्षक संघको निर्वाचनमा पौडेल पक्षसँग मिलेको छ ।

यसअघि विद्यार्थी संघ र महिलासंघमा देउवा र सिटौला समुहको प्यानल बनेको थियो । दुवै भातृसंगठनमा यहि संयुक्त प्यानलले जितेको थियो । त्यस्तै तरुणदल र सांस्कृतिक संघमा भने पौडेलपक्षसँग भागबण्डामा सर्वसम्मत पदाधिकारी छानिएका थिए ।

अहिले हालै सम्पन्न निर्वाचनहरुमा उम्मेदवार छनौट, प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सांसद छनौटमा देउवा समुहले आफुहरुलाई उचित भाग नदिएको भन्दै सिटौला समुह उनीहरुसँग असन्तुष्ट हुदै पौडेल समुहसँग सहकार्य गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय