• २०८१ बैशाख १७ सोमबार

भूकम्पका बेला कारागारबाट भागेका कैदी पक्राउ

kharibot

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूकम्पमा भागी फरार रहेका कैदीलाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले विसं २०७२ वैशाख १२ मा गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट फरार सिन्धुपाल्चोक भोताङका मान लामालाई आज मूलपानीबाट पक्राउ गरेको हो । 

लामा कर्तव्य ज्यान मुद्दामा २०६३ चैतमा जिल्ला अदालतको फैसलाअनुसार २० वर्षका लागि कैद भुक्तान गरिरहेका थिए । विसं ०७२ वैैशाखमा भूकम्प जाँदा सिन्धुपाल्चोक कारागारबाट २१२ जना कैदीबन्दी भागेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै