सरकारले खटाएको स्थानमा कर्मचारी जानै पर्छः प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताए । 

“खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।” 

नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको बताए । 

जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने स्पष्ट पारे । 

“देशको विकास गर्ने कुरामा अब ढिलाढाला गर्न सकिँदैन”–प्रधानमन्त्री ओलीले भने, “सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ ।” 

कर्मचारीको वृत्ति विकासका लागि पनि सेवा प्रवेश गर्दाको शर्त लागू हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । “नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरी संघमा आउन नपाइने भन्ने हुँदैन”–प्रधानमन्त्री ओलीले भने, “आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नु पर्दैन ।” 

कर्मचारी स्थायी सरकार भएकाले उसको सहयोग बिना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । “हिजो कर्मचारीबाट पनि केही तलमाथि भयो होला”–प्रधानमन्त्री ओलीले भने, “हिजो देशको अवस्था पनि बिग्रिएको थियो । सरकारको नेतृत्व पनि बिग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यसकारण कर्मचारी पनि समयअनुसार चल्नु पर्दछ ।” 

प्रधानमन्त्री ओलीले कर्मचारीलाई विकासमुखी, जनमुखी, सेवामुखी र सुशासनमुखी भएर काम गर्न निर्देशन दिए । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुँदे सुझावसमेत प्रधानमन्त्रीलाई दिएको थियो । 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।  पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आउनुभएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका

प्रधानमन्त्री ओलीले आज गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै  

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्दै छन् ।  गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम

दुई –चार महिना मै समृद्धि हासिल गर्न सकिदैन - प्रधानमन्त्री ओली 

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । आज नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले

नयाँ शक्तिले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं  । नयाँ शक्ति पार्टी, नेपालले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो ।  प्रर्दशनमा सरकारले महंगी