• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : सातामा एक अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच

kharibot

काठमाडौ । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७४ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १७ हजार दुई सय ८७ कारोबारबाट एक अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरका ३३ लाख ३९ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दसमलव ९२ प्रतिशत कम हो । 

गत साता एक सय ७१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२ हजार चार सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा चार दसमलव २७ अंकले बढेर अन्तिम दिन १२ सय ८८ दसमलव ३६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दसमलव ३२ अंकले  बढेर दुई सय ७४ दसमलव ३८ अंकमा आईपुगेको छ  । 

यो साता कारोबार रकम आठ करोड २० लाख ६० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ६७ हजार कित्ताको आधारमा पनि जनता बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या आठ सय ६९ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर सुचीकरण तर्फ भने यो साता १० वटा कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै