काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेकी उम्मेदवार डा. शिवमाया तुम्बाहाम्फे विजयी भएकी छन् ।
आज प्रतिनिधि सभामा भएको निर्वाचनमा उनको पक्षमा २०१ मत परेको थियो । तुम्बाहाम्फेको विपक्षमा ५८ मत परेको थियो ।
त्यस्तै उनीसँग उम्मेदवार बनेकी नेपाली काँग्रेसकी पुष्प भुसालको पक्षमा केबल ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो ।