वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नी श्रीमती भेनेसा ट्रम्पसँग डिभोर्स गर्ने भएका छन् ।
सिएनएनका अनुसार आफ्नो १२ बर्षे वैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गर्दै दुवैले डिभोर्सको लागि निवेदन दिएका छन् ।
सन् २००३ मा पिता डोनाल्ड ट्रम्पले आयोजना गरेको एक फेशन शोमा भेट भएका दुवैले सन् २००५ मा विवाह गरेका थिए । भेनेसा त्यति बेला एक मोडल थिइन् ।
दुवैले एक संयुक्त प्रेस विज्ञप्ती गारी गर्दै एक अर्कालाई उच्च सम्मान गर्ने भन्दै आफ्ना ५ छोराछोरी दुवैको प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।
ट्रम्प जुनियर डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती इभान ट्रम्प पट्टीका छोरा हुन् ।