• २०८१ बैशाख १४ शुक्रबार

माधुरीको चर्चित गीत एक दुई तीनको रिमेक बन्दै, ज्याक्लिनले नृत्य गर्ने 

kharibot

मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री माधुरी दिक्षित अहिले पनि उत्तिकै चर्चित र सुन्दर देखिन्छिन् । 

पहिला जस्तो उनको फिल्म नआएपनि कुनै न कुनै रुपमा उनी चर्चामा रहेकी छन् । माधुरीलाई चिनाउने बलिवुडमा एउटा गीत छ जुन गितहो एक दुइ तीन.., फिल्म तेजाबमा माधुरीले यस गीतमा गरेको नृत्यले उनलाई बलिवुडमा स्थापित मात्र गरेन अहिलेसम्म पनि उनलाई यस गीतबाट चिनिन्छ ।

यसै गीत एक, दुई, तीनको रिमेकमा अहिलेकी चर्चित अभिनेत्री ज्याक्लिन फर्नान्डिसले नृत्य गर्ने भएका छिन् । टाइगर सराफको नयाँ फिल्म बागी-२ मा समावेश गरिन् लागेको यस गीतमा ज्याक्लिनले नृत्य गर्ने भएकी हुन् ।

बलिवुडमा चिटिया कलैया, सुरज डुबा है जस्ता चर्चित गीतमा नृत्य गरेर लाखौ प्रशंसक बनाउन सफल ज्याक्लिनले यस रिमेक गीत माधुरीलाई समर्पित गर्ने बताएकी छन् । उनले आफुले यस गीतमा माधुरीको बराबरी गर्न त नसक्ने तर त्यसका लागि प्रयास भने गर्ने बताएकी छन् ।  

टाइगर सराफ, दिसा पटानी, रणदीप हुद्दा र प्रतिक बब्बर अभिनित फिल्म बागी २ यहि मार्च ३० मा रिलिज हुदै छ । फिल्मलाई चर्चित कोरियोग्राफर अहमद खानले निर्देशन गरेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै