टेलिकमद्वारा सिन्धुपाल्चोकका विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा संचालन 

खरीबोट
ad

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । 

कम्पनीले २०७४ फागुन २९ गते देखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका विकट ग्रामीण क्षेत्रहरु मनिसौरा, गुमथाङ,  थागम,  तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । 
अव ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । 

जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । 

अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका  छन् ।
 

सम्बन्धित समाचार

परिमार्जन भएर आयो ‘नेपाल टेलिकम’ एप, यस्ता छन् सुविधा 

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी

टेलिकमले बिछ्यायो ३ सय ७५ किमिमा अप्टिकल फाइबर 

काठमाडौं । नेपाल टेलिकमले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न गरेको छ ।  अब असार मसान्तसम्म

 चार जिल्लाका ६ सय ७५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट सञ्चालनमा 

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोक

टेलिकमले ब्युँतायो ‘मिस्ड कल एलर्ट’ सेवा, सँगसँगै १८ रुपैयाँमा एक घण्टा टक अफर

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट (एमसीए) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा