महिलाको अधिकार सुरक्षित गर्छु : मन्त्री थापा

खरीबोट
ad

काठमाडौँ । श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताएकी छन् । 

सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’को तस्वीर अवलोकन गर्न पुग्नुभएका उहाँले राज्य निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । ‘सबै विशिष्ट महिलाको तस्वीरलाई एक ठाउँमा ल्याएर सङ्ग्रहालयले राम्रो काम गरेको छ,’ उनले भने । 

समाजका बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महिलालाई सरकारले केही गर्न नसकेकाले आफ्नो कार्यकालमा यस्ता व्यक्तिलाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘महिलाको अधिकारलाई सुरक्षित गर्नका लागि आइपरेका जटिलता हटाउन लाग्नेछु ।’ 

मन्त्री थापाले महिला हरेक क्षेत्रमा सक्षम छन् भन्नेमा प्रदर्शनीले सन्देश दिएको पनि बताइन् । प्रदर्शनी फागुन २४ गते शुरु भई ३० गतेसम्म चल्नेछ । 

सम्बन्धित समाचार

सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने मन्त्रालयको लक्ष्य

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ ।  वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी कार्ययोजना सार्वजनिक

‘२० प्रतिशत महिलालाई सम्पत्तिमाथिको अधिकार’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय सरकार बलियो र सशक्त नभएसम्म महिला र बालबालिका सुरक्षित हुन नसक्ने बताएका छन् ।  दिदीबहिनी नामक संस्थाले आज यहाँ आयोजना गरेको

बोक्सी आरोपमा कुटपिट गर्ने अपराधीलाई ८ वर्ष जेल हाल्छौं  : मन्त्री थापा 

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्ने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल

सामन्तवादका अवशेष नेपाली नारीलाई मान्य हुँदैन – मन्त्री थापा

काठमाडौँ । ‘आर्थिक सशक्तीकरणसहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ आजदेखि साताव्यापी रुपमा १०८औँ अन्तर्राष्ट्रिय नारी दिवस शुरु भएको छ ।  श्रम, रोजगार, महिला, बालबालिका तथा

Loading...

Loading...