भारत । एक व्यक्ति हस्पिटलको बेडमा आफ्नै काटेको खुट्टाको टुक्राको शिरानी लिइरहेको अवस्थामा क्यामरामा कैद भएका छन् ।
उनी एक बस दुर्घटनामा परेर अस्पताल पुर्याइएका थिए । एक स्कुल बसमा हेल्पर उनको बस र ट्राक्टर गत शनिबार ठोक्किएपछि घाइते भएका थिए ।
उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थी घाइते भएका थिए । भारतको घनश्याममा यस्तो घटना भएको हो ।
झाँसी मेडिकल कलेजमा डाक्टरहरुले उनको खुट्टा काटेर शिरानी राखिदिएको बिरामीका आफन्तले आरोप लगाएका छन् । उनीहरुले तकिया दिनुको साटो काटेको खुट्टा शिरानी राखिदिएको भन्दै आक्रोश व्यक्ति गरेका छन् ।
आफन्तहरु हस्पिटल पुग्दा यस्तो दृश्य देखिएको थियो । अहिले उत्तरप्रदेश सरकारले घटनाबारे अनुसन्धान थालेको छ । त्यस्तै मेडिकल शिक्षा मन्त्री आशुतोष टण्डनले मेडिकलका अधिकृत डा. महेन्द्र पाल सिंहलगायत तीन जनालाई निलम्बन गरेका छन् ।