• २०८१ बैशाख १६ आइतबार

सांसद चन्द्र भण्डरी र आमाको अवस्था जटिल, उपचारको लागि विदेश लैजान डाक्टरहरुको सिफारिस

kharibot

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका गुल्मी- १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्था जटिल भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

किर्तिपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै 'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ' भनेको छ ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते थिए ।

सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै