• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौंमा पशुवधशालाको विकल्पको वैज्ञानिक विश्लेषण जरुरी - मेयर शाक्य 

kharibot

काठमाडौं  । काठमाडौंबासीलाई स्वच्छ एवं गुणस्तरीय मासुजन्य खाद्यवस्तु उपलब्ध गराउन क्षेत्राधिकारको एकिन र सम्पनन कामको उपलब्धी नतिजा विश्लेषण गर्न जरुरी रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

आइतबार पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जि. सि. सँगको भेटका क्रममा मेयर शाक्यले भने — यस अघि सरकारले व्यवसायीलाई जग्गा किन्न लगाएको तर त्यस क्षेत्रमा वधशाला चलाउन नदिएको स्थानीय गुनासो छ, कुरो के हो? 

परम्परागत वधशाला तथा मासुको कारोवार र प्रविधिजन्य मासु उत्पादनको लाभ लागत अव व्यवसायीका वीचमा बसेर छलफल गर्नु पर्छ, मेयर शाक्यको भनाइ थियो । 

वैठकमा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले मन्त्रालयको कुल ९ अर्व रुपैयाँ बजेटमध्ये ३ अर्व स्थानीय तहमा जाने बताउँदै यसरी प्राप्त वित्तिय समानीकरण अनुृदानमा स्थानीय सरकारले आफ्नो पनि बजेट मिसाएर पशुवधशालाको आधुनिकीकरणमा खर्च गर्न सक्ने बताए । 
   
वैठकमा मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले काठमाडौंलाई धान्ने राँगा भैसीको आधुनिक वधशाला काठमाडौंबाहिर भएको जनाउँदै त्यहाँ सरकारको उपस्थिति नभएकोले माग आपूर्तिको चक्रमा जोड्न नसकिएको धारणा राखेका थिए  । 

सो अवसरमा महानगरको सामाजिक विकास तथा जनस्वास्थ्य विभागका प्रमुख बद्रीबहादुर खड्का र सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले विधि व्यवस्थापन गर्न नसकेर परिणाम हात लगाउन नसकिएको बताएका थिए । 

वैठकमा काठमाडौंलाई आवश्यक पर्ने मासुजन्य खाद्यबस्तुको उपलब्धताकालागि काठमाडौभित्र र बाहिर के के गर्न सकिन्छ भन्ने विषय केन्द्रीत थियो ।

3:51PM

Chat Conversation End
Type a message...

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै