• २०८१ बैशाख २० बिहीबार

राप्रपा र राजपाले प्रधानमन्त्री ओलीलाई मत दिने, फोरमले आजै निर्णय लिने

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले लिने विस्वासको मतको पक्षमा मत दिने राप्रपाले जनाएको छ । 

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ । 

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । राप्रपाबाट प्रतिनिधिसभामा एक सदस्य रहेका छन् । 

यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए  । 

राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै