• २०८१ बैशाख १६ आइतबार

विश्वासको मत लिदा प्रधानमन्त्री ओलीलाई राजपाले समर्थन गर्ने 

kharibot

काठमाडौँ  ।  राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

सदस्य यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय