• २०८१ बैशाख १५ शनिबार

स्टक एक्सचेन्जद्वारा सात ब्रोकर कम्पनीको कारोवार रोक्का, को को परे ? 

kharibot

फाइल तस्विर

काठमाडौ ।सात वटा ब्रोकर कम्पनीको कारोवार रोक्का भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दिएको जानकारी अनुसार साताको दोस्रो कारोवार दिन सोमबार नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार ति कम्पनीहरुको कारोवार रोक्का गरिएको हो । 

कारोवार रोक्का हुने कम्पनीहरुमा ब्रोेकर नम्वर ६ को अग्रवाल सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर ८ को आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर ५५ को भृकुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नम्वर ४० को क्रियटिभ सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर ४४ डायनामिक मनी म्यानेर्जस सेक्युरिटिज प्रालि, ब्रोकर नम्वर २८ को श्री कृष्ण सेक्युरिटिज लिमिटेड र ब्रोकर नम्वर ४३ को साउथ एशियन बुल्स प्रालि रहेको नेप्सेले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय