• २०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री देउवाको भारत भ्रमणको यस्तो छ कार्यसूची

kharibot

काठमाडौँ । आगामी भाद्र ७ देखि ११ गतेसम्म हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कार्यसूची सार्वजनिक भएको छ  । 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको दैनिक सुची सार्वजनिक गर्दै भाद्र ७ गते काठमाडौँबाट भारतका लागि प्रस्थान गर्ने उल्लेख गरेको छ  । 

प्रधानमन्त्री देउवा भारत भ्रमणको क्रममा विशेष अतिथिको रुपमा भारतको राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ  । 

भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवालाई भारतको राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम रहेको छ  ।  त्यसपछि प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधि स्थल गई श्रद्धान्जली दिने कार्यक्रम तय भएको छ  । 

सोहि दिन प्रधानमन्त्री देउवाले भारती राष्ट्रपति रामनाथ कोविंद, उपराष्ट्रपति वेन्कैया नायडुलाई भेट्ने कार्यक्रम तय भएको छ  । 

भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुइपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ  ।  साथै सोहि दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम तय भएको छ  ।  

प्रधानमन्त्री देउवाले भारत भ्रमणक अवसरमा भारतका वरिष्ठ मन्त्रीहरुलाई पनि भेट्ने कार्यक्रम तय भएको छ  । 

त्यस्तै भारत भ्रमणका क्रममा भारतस्थित नेपाली राजदुत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवा सरिक हुने छन् भने सो अवसरमा भारतमा रहेका नेपाली समुदायहरुलाई सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ  । 

साथै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीहरुको समुहसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ  । 

भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले तेलंगाना, अन्ध्राप्रदेश र विहार राज्यको भ्रमण पनि अग्रने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ  । 

आफ्नो ५ दिने भ्रमण पुरा गरी भदौ ११ गते प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ  । 

प्रधानमन्त्री देउवाको साथमा उनकी धर्मपत्नी आरजु देउवा, उपप्रधानमन्त्री तथा पररश्त्र्मन्ति कृष्णबहादुर महरा, अन्य केहि मन्त्री, सांसदहरु, मन्त्रालयका सचिव र नेपाल सरकारका अन्य उच्च अधिकारीहरु भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ  ।  

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै