• २०८१ बैशाख १४ शुक्रबार

माधवकुमार नेपालको जन्मदिनको केक काटेर स्थायी कमिटी बैठक सुरु  

kharibot

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिनको केक काटिएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक सुरु हुनु अघि नेता नेपालको ६५औ जन्मदिन केक काटेर मनाइएको थियो । बैठक सुरू हुनुभन्दा अगाडि प्रधानमन्त्री केपी ओली र नेता नेपालले केक काटेका थिए ।

नेता नेपाललाई प्रधानमन्त्री ‍ओलीले पुष्पगुच्छा दिई जन्मदिनको शुभकामना दिएका थिए । 

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै