• २०८१ बैशाख १७ सोमबार

नवनियुक्त रक्षामन्त्रीले लिए सेनाबारे जानकारी 

kharibot

काठमाडौं । नेपाली सेनाले नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेललाई जंगी अड्डामा सोमबार विशेष कार्यक्रम आयोजना गरी सेनासम्बन्धी परिचयात्मक जानकारी गराएको छ । 

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवनियुक्त रक्षामन्त्रीलाई नेपाली सेनाको तर्फबाट स्वागत गरेका थिए । सेनापति क्षेत्रीले कार्यक्रममा बोल्दै मन्त्री पोखरेलको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं सांगठनिक सुधार र पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेको सेनाले जनाएको छ । 

उनले सर्वत्र, चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग आयोजना रक्षा मन्त्रालय लगायत सरोकारवाला निकायहरुको सद्भाव सदाझै प्राप्त भएमा समय सिमाभित्र पूरा हुने बताएका थिए ।

सोही क्रममा उनले नेपाली सेना संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट नेपालको परराष्ट्र नीतिलाई टेवा पुग्नुको साथै मोष्ट रिलाएबल एण्ड क्रेडिबल ट्रुप्स कन्ट्रिब्युटिंग कन्ट्रीको रुपमा नेपाल स्थापित भएको समेत नवनियुक्त मन्त्रीलाई जानकारी गराए ।

कार्यक्रमको क्रममा नव नियुक्त रक्षामन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको सांगठनिक संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिकरण पश्चात उक्त विविध विषयहरुमा अन्तरक्रिया भएको थियो । 

उक्त परिचायात्मक कार्यक्रममा रक्षा सचिव श्री विनोद के.सी., नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै