• २०८१ बैशाख १६ आइतबार

भालु भर्सेस पाटेबाघ : कसले जित्यो होला गेम ? (भिडियोसहित) 

kharibot

दक्षिण एसिया । पश्चिम भारतको एउटा राष्ट्रिय निकुञ्जमा दुई हिंस्रक् जनावरबीचको युद्ध अहिले सामाजिक सञ्जालदेखि अनलाइन मिडियासम्म भाइरल भइरहेको छ । भारतको महाराष्ट्र राज्यमा रहेको टाडोबा राष्ट्रिय निकुञ्जमा घुम्ने क्रममा घुमन्ते एक समूहले भालु र पाटेबाघबीचको झगडा क्यामरामा कैद गरेका हुन् । 

प्रत्यक्षदर्शी समूहका अनुसार स्त्री भालुलाई पाटेबाघले पहिला आक्रमण गरेपछि भालु र बाघ आमनेसामने भएका थिए । जलाशययुक्त स्थानमा बसिरहेको अवस्थामा भालु पुगेपछि बाघले झम्टिएको थियो ।

भीडन्तको सुरुमा बाघले भालुलाई जित्नलागे पनि त्यसपछि भने भालुले बाघलाई हैरान बनाएर पराजित गरेको थियो । विज्ञहरुका अनुसार भालुको लामो नंग्रा र कपालका कारण बाघलाई गाह्रो परेको अनुमान गरिएको छ । 

लामो भुत्ला हुनु नै भालुलाई बाँच्ने आधार भएको उनीहरुको अनुमान छ । अन्तिममा भालुले बाघलाई धपाउन सफल भयो । 

  • भिडियो हेर्नुहोस् : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै