• २०८१ बैशाख १८ मंगलबार

बच्चाको लन्चबक्समा विषालु सर्प भेटिएपछि...

kharibot

काठमाडौँ । अस्ट्रेलियामा एक महिला ले आफ्नो बच्चाको लन्चबक्समा विषालु सर्पको बच्चा भेटिएको छ । 

अस्ट्रेलियाको एडिलेड शहरमा एक महिलाले बच्चाको लन्चबक्स प्याक गर्ने बेला लन्चबक्सको ढक्कनमा सर्प भेटिएको बिबिसीले जनाएको छ ।

ति महिलाले सर्प देखेपछि लन्चबक्स बन्द गरेर घर बाहिर निकालेको बताइएको छ । सर्प इस्टर्न ब्राउन प्रजातिको रहेको र दुनियाँको विषालु सर्प मध्ये एक भएको बताइएको छ । 

संयोगबश कुनै दुर्घटना बिना सर्पलाई बाहिर निकालिएको बताउदै ति महिलालाई मद्धत गर्ने अर्की महिला बुरेलले सर्पलाई नदेखेको भए बच्चालाई टोक्ने र थाहा पनि नहुने भन्दै महिला भाग्यशाली रहेको बताइन ।

यो सर्पको प्रजाति अस्ट्रेलियाको तटीय र भित्री इलाकामा पाइने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै