• २०८१ बैशाख १७ सोमबार

ह्यारी केनको गोलमा टोटनह्याम विजयी

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । 

आइतबार भएको खेलमा टोटनह्यामले १-० गोल अन्तरले  क्रिस्टल प्यालेसलाई पराजित गरेको हो ।  टोटनह्यामको जितमा खेलको एक मात्र गोल ह्यारी केनले गरेका थिए ।  
पहिलो हाफ बराबरीमा सकिएको खेलमा केनले खेलको ८८औ मिनेटमा क्रिस्टियन इरिक्सनको असिस्टमा गोल गरेका थिए । 

जितपछि टोटनह्याम २८ खेलमा ५५ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ भने क्रिस्टल प्यालेस २८ खेलमा २७ अंक सहित लिगको १७औ स्थानमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय