• २०८१ बैशाख १६ आइतबार

सोलार विद्युतमा विद्युत् प्राधिकरणको अंकुश

kharibot

काठमाडौँ । सोलार विद्युतलाई बैकल्पीक उर्जाको भरपर्दाे स्रोत मानिन्छ । तर यतिबेला भने सोलार उत्पादन तथा सोलारको विद्युत्का पीपीए (विद्युत् खरिद सम्झौता) गर्न नेपाल विद्युत् प्राधिकरणले आलटाल गरेपछि यो विषय चर्चामा आएको छ । 

नेपाल जलस्रोतको धनि देश भए पनि त्यसको प्रयोग निकै कम हुँदै आएको छ । तर, पछिल्लो समयमा सरकार तथा निजी क्षेत्रले मुलुकको समृद्धि जलस्रोतमा खोज्दैछन् । यसले गर्दा पनि वैकल्पीक उर्जाका स्रोतहरुलाई कम प्राथमिकतामा राखिएको देखिएको छ । यसको पछिल्लो उदाहरण सोलार उत्पादक संस्थाहरुले तीन महिनादेखि पीपीएको ड्राफ्ट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टेवलमा थन्कीएको बताएका छन् । 

‘ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टीक परियोजना निर्माताहरूको संस्था’का संयोजक गुरुप्रसाद न्यौपानेले काठमाडौंमा गत विहिबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कुलमान घिसिङको फाइलमा तीन महिनादेखि पीपीएका लागि फाइल अड्किएको तर त्यसमा कुनै ठोस छलफल हुन नसक्दा सोलार उत्पादकहरुको लगानी डुब्ने जोखिम नजिकिएको दाबी गरे । यस्तै प्राधिकरणका कुलमान घिसिङले विद्युत्का लागि भरपर्दाे, विश्वसनिय स्रोत नै जलस्रोत भएको बताए । उनले पनि विहिबार पर्यटन बोर्डमा आयोजना गरेको एक कार्यक्रममा सो धारणा राखेका हुन् । 

उनले वायोमास (हावाबाट विद्युत् उत्पादन), सौर्य विद्युत्भन्दा जलस्रोतबाट उत्पादित विद्युत् नै दीर्घकालीन र बढि लोड हुँदा पनि जलविद्युत्को माग खपत गर्ने क्षमता हुने दाबी गरेका थिए । विहिबारको कार्यक्रममा गुरुप्रसाद न्यौपानेले नेपाल चरम उर्जा संकटबाट गुज्रिरहेको भन्दै अहिले तत्कालका लागि ढल्केबर, कटैया, रक्सौल आदि ठाउँबाट ठूलो परिमाणमा भारतबाट विद्युत् आयात गरी विद्युत कटौती (लोडसेडिङ)कम गर्ने कार्य भएको बताए । 

राष्ट्रिय ग्रीड प्रणालीमा सौय÷ऊर्जा उत्पादन गर्ने उर्जाको अवधारणा

मन्त्रिपरिषद्को २०७२÷८÷८ को निर्णय अनुसार उर्जा मन्त्रालयले जारी गरेको “राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी कार्ययोजना, २०७२” मार्पmत राष्ट्रिय ग्रीड प्रणालीमा सौर्य तथा वायु ऊर्जा उत्पादन गर्ने अवधारणा ल्याएको हो । उक्त अवधारणा पत्रको बुँदा नंं. ४९ मा राष्ट्रिय ग्रीडमा आवद्ध हुने विद्युतको कुल जडित क्षमताको १० प्रतिशत हुन आउने परिमाणलाई माथिल्लो सीमाको रुपमा लिई सौर्य तथा वायु विद्युतिय ऊर्जा राष्ट्रिय ग्रीडमा जडान गर्ने निती लागू गर्ने व्यवस्था भएको छ ।

सोही कार्यायोजनाको बुँदा नं. ४८ मा विस्थापित लागत ९ रुपैयाँ ६१ पैसा प्रति युनिट मूल्य कायम गरी राष्ट्रिय ग्रीडमा जडान हुने फोटोभोल्टिक सौर्य तथा वायु विद्युतिय ऊर्जाका लागि बेन्च मार्क विद्युत खरिद दरका रुपमा कायम गर्ने व्यवस्था भएको छ । 

उक्त कार्ययोजना अन्तरगत नेपाल विद्युत प्राधिकरणले २०७३-२-२६ मा प्रर्वद्घक कम्पनीहरुका लागि लोडसेन्टर तराईलाई केन्द्रित गरि तराईका १६ सवस्टेशनहरुमा ११ वा ३३ के. भि. प्रसारण लाइनको ट्रान्सफर्मरमा फिड हुने गर्ने गरी कूल जडित क्षमता छ सय ४० लाई आधार मानी ६४ मेगावाट क्षमताको सौर्य विद्युत जडान गर्न घटाघटका आधारमा खरिद दरभाउ प्रतिस्पर्धात्मक बोलपत्र आव्हान गरेको थियो । २०७३-५-५ मा उक्त टेण्डर खोल्दा ९ कम्पनीहरु छनौट भएका छन् । 

मागिएको प्रस्तावमध्ये तीन मेगावाट क्षमताको सौर्य आयोजना प्रस्ताव गरिएको वानेश्वर सवस्टेशनमा भने जग्गाको उपलब्धता कारण प्रस्तावित ९ रुपैयाँ ६१ पैसा प्रति युनिट मूल्यमा कुनै पनि प्रतिस्पर्धिले प्रस्ताव पेश नगरेका कारण कुल ६१ मे.वाट. मात्र स्वीकृतिमा परेका छन् । सो बोलपत्रमा विभिन्न स्थानमा जग्गाको उपलब्धता हेरी कुल ६१ मे.वा. क्षमताको लागि न्यूनतम ८ रुपैयाँ ३५ पैसा प्रति युनिटदेखि ९ रुपैयाँ ४५ पैसा प्रति युनिटका दरले घटाघटमा भाग लिने निवेदकहरुले टेण्डर प्राप्त गर्न सफल भएका थिए ।

तर पनि कुनै पनि आयोजनाको बिद्युत खरिद÷बिक्री सम्झौता सम्पन्न हुन सकेको छैन । उपरोक्त हस्ताक्षर भएको मस्यौदा विद्युत खरीद÷विक्री सम्झौतामा १० महिनाभित्र विद्युत उत्पादन गरि सक्ने गरी निर्माण समय तालिका राखिएको छ । सो समयमा उत्पादन हुन नसके क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था रहेको छ । ऊर्जा मन्त्रालयले ग्रीड कनेक्टेड सौर्य विद्यूत ऊर्जा सम्बन्धी कार्यविधि मिति २०७४-८-०६ बाट लागु गरेको छ । प्राधिकरणले सोलार आयोजनाबाट विद्युत खरीद गर्दा ठुलो घाटा हुने दाबी गर्दै आएको छ । या तर्क संगत नभएको सोलार उत्पादनकहरुको तर्क छ ।

यस कारण सोलार उर्जालाई प्राथमिकता

अहिले सबै स्थानीय तहमा विजुलीको पहुँत पुगेको छैन । उर्जा विज्ञ ज्ञानेन्द्रलाल प्रधानले अहिले तीन प्रतिशतमात्रै जनसंख्या विद्युत्को पहुँचमा रहेका छन्, ९७ प्रतिशत जनसंख्या अझै पनि वनमा आधारित उर्जामा संलग्न छन्, अर्थात्, अझै ग्रामीण क्षेत्रका अधिकांश क्षेत्रमा जंगलका दाउरा, गोवर सुकारए बालिने, मट्टितेल तथा दियालो (सल्लाको दाउरा) बाल्ने प्रचलन बढि छ । सहरी क्षेत्रमा मात्रै विजुली छ । उर्जा विज्ञका अनुसार अर्काे तर्फ एउटा जलविद्युत् निर्माण गर्नका लागि बढिमा १० वर्ष लाग्छ । यस्तै न्यौपानेका अनुसार १० महिनामा सोलारबाट विजुली निकाल्न सकिन्छ । 

यहाँ जलविद्युत्बाट उत्पादन हुने विद्युत्लाई निरुत्साहीत गर्ने गरी लेख सम्प्रेषण गर्न खोजिएको होइन । केवल मुलुकले हाल आयात गरेको कुल चार सय ३५ मेगावाट विजुली आयातलाई रोक्नका लागि मुलुकभित्र रहेका बैकल्पीक उर्जाका स्रोतहरुको समुचित उपयोगमा जोड दिइएको हो । यसै गरी अहिले भारतले सस्तो दरमा विजुली दिने घोषणा गरेको छ । यसले गर्दा सस्तोमा विजुली आयात गर्ने आकंक्षामा स्वदेशमा उत्पादन हुने जलविद्युत्का साथै अन्य बैकल्पीक उर्जाहरुलाई निरुत्साहीत गरिनु हुन्न् । बरु बढि मुल्य तथा लागत बढि लाग्ने भएमा खुला बहस गरी सर्वमान्य रुपमा बैकल्पीक उर्जाको मुल्य तोकिनुपर्छ । 

यसैगरी राष्ट्रिय योजना आयोगले पनि सबै सात सय ५३ वटै स्थानीय तहमा आधुनिक उर्जा पुर्याउने घोषणा गरिसकेको छ । त्यसमा सौर्य, वायोमासका साथै जलविद्युत्बाट उत्पादित विद्युत् नै पुर्याउनेलाई आधुनिक उर्जा भनिएको हो । आयोगले पाँच वर्षभित्र यो लक्ष्य हासिल गर्ने भनि कार्ययोजनासमेत ल्याएको छ ।

वोलपत्रबाट छनौट भएका कम्पनी तथा उत्पादन क्षमताः 

क्र.स.    बोलपत्रबाट छनौट भएका कम्पनी         स्थान               ग्रिड कनेक्सन      उत्पादन क्षमता    बोलपत्रबाट स्विकृत दर रेट (प्रति युनिट)

१.    रिडी हाइड्रोपावर डे.कम्पनी लि.          बुटवल, रुपन्देही          ३३ के.भि.               ८.५ मे.वा.            रु.९.४५ 
२.    अपी हाइड्रोमेकानिकल लि.               दुहवी, सुनसरी             ११ के.भि.               १.५ मे.वा.            रु.८.८८ 
३.    अपी पावर कम्पनी लि.                    कपिलवस्तु                 ३३ के.भि.               १.५ मे.वा.            रु.९.२५ 
४.    अपी पावर कम्पनी लि.                   नवलपरासी                 ११ के.भि.                ०.५ मे.वा.            रु.९.२२ 
५.    अपी पावर कम्पनी लि.                   नवलपरासी                 ३३ के.भि.                १ मे.वा.            रु.९.२२ 
६.    अपी पावर कम्पनी लि.                   ढल्केवर, धनुषा            ११ के.भि.               १ मे.वा.            रु.९.२० 
७.    अपी पावर कम्पनी लि.                  सिमरा, बारा                ११ के.भि.                १ मे.वा.            रु.८.९५ 
८.    अपी पावर कम्पनी लि.                  परवानीपुर, बारा           ११ के.भि.                ८ मे.वा.            रु.८.३५ 
९.    अपी पावर कम्पनी लि.                  नवलपरासी                 ११ के.भि.                १ मे.वा.            रु.९.१५ 
१०.    अपी पावर कम्पनी लि.                चन्द्रपुर, रौतहट           ३३ के.भि.                ४ मे.वा.            रु.८.३५ 
११.    कान्तिपुर इनर्जी                        अनारमुनी                  ३३ के.भि.                 २ मे.वा.            रु.८.८९
१२.    कान्तिपुर इनर्जी                       अनारमुनी                   ११ के.भि.                २ मे.वा.            रु.८.८९
१३.    कान्तिपुर इनर्जी                       दमक                         ११ के.भि.                 २.५ मे.वा.         रु.८.८९
१४.    ग्लोबल इनर्जी                          दुहवी, सुनसरी             ३३ के.भि.                 ८ मे.वा.            रु.८.४८
१५.    एसियन टेक कर्पोरेशन               लहान, सिरहा               ३३ के.भि.               ४ मे.वा.            रु.८.७४
१६.    एसियन टेक कर्पोरेशन               लहान, सिरहा              ११ के.भि.                १ मे.वा.            रु.८.९७
१७.    सगरमाथा इनर्जी                       ढल्केवर, धनुषा           ३३ के.भि.                ३ मे.वा.            रु.८.७४
१८.    कान्तिपुर इनर्जी                       विरगंज, पर्सा               ३३ के.भि.                १.५ मे.वा.            रु.८.६८
१९.    कान्तिपुर इनर्जी                      विरगंज, पर्सा                ११ के.भि.                २ मे.वा.            रु.८.६८
२०.    क्लिन कम्युनिकेशन               हेटौडा, मकवानपुर          ११ के.भि.                 ४ मे.वा.            रु.८.७४
२१.    गोर्खा कन्जिनियल इनर्जी       लमही, दाङ                    ११ के.भि.                  ३ मे.वा.            रु.८.६९

स्रोत : ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टीक परियोजना निर्माताहरूको संस्था 
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै