• २०८१ बैशाख २० बिहीबार

गिरोनाविरुद्ध बार्सिलोनाको गोल बर्षा, स्वरेजको ह्याट्रिक, मेसीले दुई गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनाविरुद्ध गोलको वर्षा गरेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले गिरोनाविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वरेजले ह्याट्रिक गरे भने लियोनेल मेसीले दुई गोल तथा फिलिप कोन्टिन्होले एक गोल गरेका छन् । गिरोनाको लागि एक गोल पोर्टूले गरेका थिए ।

गिरोनाले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनाविरुद्ध सुरुवाती अग्रता लिएको थियो तर मेसीको असिस्टमा स्वरेजले खेलको पाचौ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि खेलको ३०औ मिनेटमा स्वरेजको असिस्टमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । मेसीले खेलको ३६औ मिनेटमा बार्सिलोनाको लागि सुन्दर फ्री-किक मार्फत तेस्रो गोल गरे भने खेलको ४४औ मिनेटमा स्वरेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनाले ४-१ को अग्रता लिन सफल भएको थियो ।

त्यसपछि खेलको ६६औ मिनेटमा स्वरेजको असिस्टमा कोन्टिन्होले गोल गरे । खेलको ७६औ मिनेटमा स्वरेजले आफ्नो ह्याट्रिक पुरा गर्दै बार्सिलोनाका लागि छैठौ गोल गरेका थिए । 
जित पछि बार्सिलोनाको २५ खेलमा ६५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा १० अंकले अगाडी रहेको छ । त्यस्तै रियल म्याड्रिडभन्दा १४ अंकले अगाडी रहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै