• २०८१ बैशाख १४ शुक्रबार

स्टोकसँग लेस्टर सिटी बराबरीमा रोकियो 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी स्टोक सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको छ । 

शनिबार भएको खेलमा दुवै गोल स्टोकका खेलाडीले गरेका थिए । खेलको ४३औ मिनेटमा स्टोकका जेर्डन शकिरीले गोल गर्दै स्टोकलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर खेलको ७०औ मिनेटमा स्टोकका ज्याक बटल्याण्डले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरी भएको थियो ।

यो बराबरीपछि लेस्टर सिटी २८ खेलमा ३६ अंक सहित लिगको सातौ स्थानमा रहेको छ भने स्टोक सिटी २८ खेलमा २६ अंकसहित रेलिगेशन जोनमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै