• २०८१ बैशाख २० बिहीबार

बर्दियामा दाजुद्धारा बहिनीको हत्या

kharibot

बर्दिया,(बारबर्दिया) ।  दाई पर्नेले धारिलो फरुवाको प्रहारबाट बाह्रबर्दिया नगरपालिका ३ बेलुवा बज्जा निवासी कुस्मा थारुकी १५ वर्षीया छोरी साबित्री थारुको मृत्यु भएको छ । 

शुक्रबार बिहान ३ बजेतिर सुतिरहेको अवस्थामा सोही घरमा रहेका नातामा दाई पर्ने १७ वर्षीय श्यामलाल थारुले फरुवाले हिर्काउँदा घाईते भएकी सावित्तीको बाँकेस्थित मेडीकल कलेज कोहलपुरमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। 

घटनामा संलग्न भएको आरोपमा सावित्रीका दाई श्यामलाल थारुलाई पक्राउ गरी थप अनुसन्धानको भईरहेको समेत खड्काले बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै