• २०८१ बैशाख १७ सोमबार

संसदीय दलको नेताको लोभ नगर्न देउवालाई प्रकाशमानको सुझाव 

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको मनोपोलीमा कांग्रेसलाई चलाइएको आरोप लगाए । ‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन’, उनले भने, ‘म पनि त्यही कार्यसमितिमा छु । कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दवाव दिइरहेको छु ।’

सभापति र वरिष्ठ नेताले विधान मिचेको आरोप लगाएका नेता सिंहले भने, ‘अहिलेसम्मको गल्तीलाई सच्चाएर जानुपर्छ भनेर दवाव दिएको छु । म संसदीय समिति र कार्यसम्पादन समितिको बैठकमा गएको छैन । मैले अडान लिएको छु ।’ विधि र कानूनअनुसार चल्नु पर्ने उनले बताए ।

कांग्रेसका सीमिति नेताहरूका कारण निर्वाचनमा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । सभापति देउवा गुटको मात्रै सभापति जस्तो देखिएको बताए । ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन । गुटको मात्रै सभापति बन्नुभयो ।’

‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ । पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेसका नेता सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लग्नुपर्छ । विशेष व्यक्ति र नेतालाई मानेर जाने होइन । कांग्रेसको सिद्धान्त र आदर्शलाई मानेर जानुपर्छ ।’ 

नेता सिंहले विधानलाई संशोधन गरेर सांगठनिक संरचना बनाउनुपर्ने बताए । उनले संगठन चुस्तदुरुस्त नहुँदा कांग्रेसका संगठनहरू कमजोर भएको बताए । सिंहले भने, ‘उहाँले जिम्मेवारी बहन गर्न नसकेपछि पदमा बसिरहन मिल्छ ?’ देउवाले कुनै पनि काम गर्न नसकेको उनको आरोप थियो । ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’, उनले भने, ‘प्रकाशमानले सधै शेरबहादुरको विरोध गर्छ भन्छन् । काम नगरेपछि आलोचना त हुन्छ ।’

सभापति देउवालाई संसदीय दलको नेताको लोभ नगर्न सुझाव दिएका छन् । ‘शेरबहादुर देउवाले अवसर पाउनु भयो । उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन’, उनले भने, ‘दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ । जिल्लाहरूमा प्रतिक्षणको माग छ । त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै