• २०८१ बैशाख १४ शुक्रबार

नेहा धुपियाका नयाँ प्रेमी 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री नेहा धुपियालाई नयाँ प्रेमीसँग लन्च डेट गरिरहेको बेला मुम्बईको एक रेस्टुरेन्ट अगाडी देखिएको छ ।

अंगद बेदीसँग अहिले नेहाले डेट गरिरहेको चर्चा अहिले बलिवुडमा चलिरहेको छ । 

हाल आफ्नै टक शो चलाइरहेकी नेहाले पछिल्लो समय बलिवुडमा विभिन्न फिल्ममा अभिनय समेत गरेकी छन् । केहि समय अघि आफ्ना साथीहरुको सहयोगमा अंगदको सम्पर्कमा आएकी नेहा अहिले उनीसंग सार्वजनिक ठाउहरुमा देखिन थालेपछी दुवैको सम्बन्ध साथिभन्दा बढी भएको बलिवुडमा चर्चा हुन थालेको छ । 

त्यस्तै सामाजिक संजालमा पनि यी दुईले एक अर्काको तस्विर प्रति गरेको कमेन्टलाई आधार मानेर पनि बलिवुडमा यी दुई हाल प्रेममा रहेको सजिलै अनुमान गर्न सकिन्छ । 

३७ बर्षिय अभिनेत्री नेहाले २०१७ मा हिन्दी मिडियम, तुम्हारी सल्लु, करिब करिब सिंगल जस्ता फिल्ममा अभिनय गरेकी थिइन् भने यस बर्ष उनको बम्बे टाकिज २ फिल्म आउदै छ ।

२००२ कि मिस इंडिया युनिभर्स समेत रहेकी नेहाले टेलिभिजनमा एमटिभी रोडिज जस्तो चर्चित शोमा समेत कम गरेकी छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै