• २०८१ बैशाख १६ आइतबार

इयूबाट बहिर्गमन सहज नहुँदा बेलायतको आर्थिक वृद्धिमा कमी

kharibot

लण्डन, बेलायत ।  यूरोपियन यूनियन (इयू)बाट बेलायतको बहिर्गमन प्रक्रियामा आएको अनिश्चितताले गर्दा बेलायतको अर्थतन्त्रमा पहिले अपेक्षा गरे अनुसार फैलावट हुन नसकेको बेलायतद्वारा बिहीबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएकोे छ । 

सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा बिहीबार दोहोराएर गरेको अनुमानमा उल्लेख गरिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले यस पहिले कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरेको थियो । 

बेलायतको बार्षिक वृद्धिदर सन् २०१२ पछिको सबैभन्दा कम विन्दुमा पुगेको थियो । 

तथ्याङ्क कार्यालयले सन् २०१७ को अन्तिम त्रैमासिकका लागि प्रक्षेपण गरिएको वृद्धिदर ०.५ प्रतिशत रहेकोमा त्यसबाट पनि तल भरी ०.४ प्रतिशतमा खुम्चिन पुगेको थियो । 

यो तथ्याङ्क बेलायतले सन् २०१६ को अन्त्यपछि पहिलो पटक बेरोजगार दरमा वृद्धि भएको सार्वजनिक गरेको एक दिनपछि आएको छ । 

“बेलायतको अर्थतन्त्रमा विकास नहुनुमा उच्च मुद्रास्फिति दर कायम रहनुलाई दोषी मानिएको छ र बेलायतमा पूर्वानुमान गरिएभन्दा अर्थतन्त्रमा फैलावट आएको देखिने गरेको छैन,” बेलायती अर्थविज्ञ तथा विश्लेषक नाईम अस्लामले बताए । 

“अहिले ब्रेक्जिट अर्थतन्त्र लगायतका अन्य समस्याको सवैभन्दा ठूलो चुरो बनेको छ जसले सवै गतिविधिलाई दवावमा राखेको छ । बे्रक्जिटबारे जति लामो अनिश्चतता सामना गर्नुप¥यो यसको अर्थतन्त्रमा त्यति नै खराब असर रहन्छ,” उनले भने ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै